दफा
प्राज्ञिक परिषद्को गठन
: (१) प्रतिष्ठानको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानात्मक कार्यलाई व्यवस्थित र नियमित गर्ने निकायको रूपमा एक प्राज्ञिक परिषद् रहनेछ ।
(२) प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछ :-
(क)   शिक्षाध्यक्ष                                                  -अध्यक्ष
(ख)   प्रतिष्ठानका विभिन्न विषयगत समितिका अध्यक्षहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत पाँच जना                                 -सदस्य
(ग)   निर्देशक                                                     -सदस्य
(घ)   प्रतिष्ठानका पाठ्यक्रम तथा परीक्षा सम्बन्धी निकायका
        प्रमुखहरू                                                    -सदस्य
(ङ)   शिक्षकहरूमध्ये कार्यकारी परिषद्को सिफारिसमा सभाबाट
        मनोनीत कम्तीमा एक जना महिला सहित दुई जना           -सदस्य
(च)   स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्ये
        कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत कम्तीमा
        एक जना महिला सहित दुई जना                             -सदस्य
(छ)   डीनहरूमध्येबाट उपकुलपतिले मनोनीत गरेको डीन     -सदस्य सचिव
(३)  उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
        (४) मनोनीत सदस्यको पद कुनै कारणले रिक्त हुन गएमा बाँकी अवधिको लागि सो पदमा पहिले जुन प्रक्रियाबाट पूर्ति गरिएको हो सोही प्रक्रिया बमोजिम अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(५) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।